हातहतियार, तमसुक र लालपुर्जा सहित मिटरब्याजी साह पक्राउ - JC NEPAL MEDIA

माघ २२,२०७९ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : जनकपुरबाट एक मिटरब्याजी तमसुक कागजात र हतियारसहित पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोक मिल्सएरियास्थित बस्ने बर्ष ४१ का मिटरब्याजी भनेर चिनिने दिलिप साह प्रहरीको फन्दामा परेका छन् । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए । सोही क्रमदेखि उनीमाथि छानबिन सुरु भएको थियो ।

शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू फेला पारेको हो ।

खानतलासीको क्रममा उनको घरबाट जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : माघ २२,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA