८ युवक चोरीका मोटरसाइकलसहित पक्राउ - JC NEPAL MEDIA

फाल्नु १४,२०७९ जेसी नेपाल संवाददाता

पाँचथर : पाँचथर प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका आठ जनालाई चोरीका मोटरसाइकल र तिनका पार्टपुर्जा सहित पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट नियमित मोटराइकल हराएका उजुरी पर्न थालेपछि प्रहरीले छिमेकी तेह्रथुमको आठराई गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा फिदिम १ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय वीरेन्द्र राना, इलाम फाकफोकथुम २ घर भई तेह्रथुमको आठराईमा दुग्ध डेरी सञ्चालन गर्दै आएका तारा बस्नेत, आठराई गाँउपालिका ४ तेह्रथुम बस्ने एकमान दियाली, पबिन इङनाम, वासुदेव तामाङ, सुरज पुर्वछाने मगर, शिवकुमार तामाङ र श्रीप्रसाद तामाङ छन् ।

उनीहरुको साथबाट चोरीका ७ थान मोटरसाइकल र तिनका पार्टपुर्जा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डीएसपी) हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबै युवक १९ देखि २८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी इन्जिन, पार्टपुर्जा र नम्बरसमेत परिवर्तन गरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले चोरी गरेकामध्ये केही मोटरसाइकलको स्वरुप नै परिवर्तन गरेर बिक्री गरेको पाइएको छ ।

पक्राउ परेकामध्ये केही मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । केही भने अनुसन्धानको प्रकृयामा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको पनि खतिवडाले जानकारी दिए ।

प्रकाशित : फाल्नु १४,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA