आजपाले बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा गरे प्रदर्शन

२० मंशिर २०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बैंक तथा वित्तिय सहकारीहरुको लुटविरुद्ध जनकपुरधाममा आम जनता पार्टीले प्रदर्शन गरेको छ ।

आम जनता पार्टीले बैंक तथा सहकारीको चर्को व्याज असुलीविरुद्ध जनकपुरमा प्रदर्शन गरेको हो । आम प्रदर्शनकारीहरूले जनतालाई सहज कर्जा उपलब्ध गराउन माग समेत गरेका छन् ।

बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

आफ्ना माग पुरा नभए मधेस बन्द गर्नेसम्मको चेतावनी सो पार्टीले दिएको छ । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहको नेतृत्व तथा मधेस प्रदेश कमिटीको आयोजनामा भएको विरोध ¥याली जनकपुरधामको बाह्रबिघ्घावाट सुरु भएर जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

प्रकाशित : मंसिर २०, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA