राष्ट्रपति र सभामुखबीच संसद्को महासचिव नियुक्तिबारे फोनवार्ता

मंशिर २८,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : संघीय संसद्‌काे महासचिव नियुक्तिको विषयमा राष्ट्रपति र सभामुख देवराज घिमिरे बीच फोनमा कुराकानी भएको छ । महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ नियुक्तिका लागि प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेका छन् ।

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच बुधबार फोनमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । राष्ट्रपति र सभामुखबीच महासचिव नियुक्तिको विषयमा फोनमा कुराकानी भएको छ । राष्ट्रपतिले नियुक्तिको सिफारिस अध्ययनमा रहेको बताउनुभएको छ,दुवैबीचको फोन कुराकानीबारे अधिकारीले भने, सभामुखले संसद्को महासचिव नहुँदाखेरिका असजिला र अप्ठ्याराबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको छ । राष्ट्रपति पौडेलले संसद्मा महासचिवको अभावमा उत्पन्न हुने अप्ठ्यारा आफ्नो ढंगले अगाडि बढाउन भनेका थिए । सभामुख घिमिरेले राष्ट्रपतिसँग मंगलबार नै कुरा गर्न खोजेका थिए तर सम्भव भएको थिएन ।

राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवबाट भरतराज गौतमले दिएको राजीनामा बुधबार नै स्वीकृत गरेका थिए । त्यसको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई पठाइसकेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदको महासचिव डा. भरतराज गौतमले मिति २०८० मंसिर २४ देखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोहि मिति देखि लागु हुनेगरी राष्ट्रपतिले २०८० मंसिर २७ मा स्वीकृत गर्नु भएको छ ।

गौतमले महासचिवबाट राजीनामा दिएको भोलिपल्टै सभामुख र राष्ट्रिय सभा अध्यक्षले पाण्डेयको नाम सिफारिस गरेका थिए । उक्त सिफारिसअनुसार राष्ट्रपतिले नियुक्ति गरेको पत्र संसद् सचिवालयमा पुगिसकेको छैन । नियुक्ति सिफारिस कानुनी रूपले रित नपुगेको र त्रुटिपूर्ण रहेको भन्दै राष्ट्रपति कार्यालयले संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गर्ने सिफारिस अध्ययनको चरणमा रहेको जानकारी दिएको छ ।

नियुक्ति ढिलाइ हुने भएपछि सभामुखले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधिसभा सचिव पाण्डेयलाई महासचिवको रूपमा काम गर्नका लागि जिम्मेवारी तोकेका छन् ।

प्रकाशित : मंसिर २८, २०८० ०६:१४

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA