६ वर्षीया बालिकाको बलात्कार गरी हत्या : धनुषा

जनकपुरधाम : धनुषामा ६ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । २४ घण्टादेखि हराइरहेकी एक बालिकाको बलात्कार गरी हत्या भएको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको बलात्कार गरी निर्ममतापूर्वक हत्या भएको हो । बालिकाको शव नग्न अवस्थामा स्थानीय सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा बिहीबार राति ७ बजे फेला परेको हो ।

कपडा भने छेउमा फालिएको छ ।सबैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार शवको प्रकृतिले कसैले जवरजस्ती करणी गरेरै मारेर फालेको जस्तो देखिएको छ । योनीबाट रगत बगेको र स्तनको एक भाग पनि काटिएकाले बलात्कार गरी हत्या गरेको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

मेयर यादवका अनुसार छिमेकका एकजनाको मटकोरमा बुधबार राति सतोखर पोखरीमा बालिका रथमै चढेर आएकी थिइन् । त्यहाँ रथबाट २।३ जना युवकले उतारेका थिए । सबै घर फर्केपनि बालिका नफर्केपछि उनको खोजविन परिवारजनले गर्दै इलाका प्रहरी कार्यालय सबैलालाई दिएका थिए । खाल्डोको पानी सुकाइएर अहिले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिने प्रहरीले जनाएको छ

घटनामामा संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि दुई युवकलाई पक्राउ गरेको छ ।

प्रकाशित : मंसिर २९, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA