आज धुमधामका साथ विवाहपञ्चमी मनाउदै : जनकपुरधाम

मंशिर १,२०८० / जेसी नेपाल संवाददाता

धनुषा : आज जनकपुरधाममा धुमधामका साथ सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा आज धुमधामसित विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ ।

त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन छ ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गरीने छ । ढोल पिपही, सहनाई, बैण्ड बजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ । डोलाको दर्शन र रामसीताको सोयमम्बर हेर्न बाह्रविघा मैदानमा हजारौंको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

सप्ताहव्यापी विवाहपञ्चमीको पाँचौ दिन हिजो राम र जानकीको मटकोर गरिएको थियो ।

मंसिर २६ गतेदेखि सुरु भएको विवाहपञ्चमी भोलि जन्तीक रुपमा आएका साधुशन्तको बिदाई गरी विधिवत समापन हुनेछ ।

प्रकाशित : मंसिर १, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA