मधेपुरामा महिला पत्रकार प्रेमशिला कुमारी यादव सम्मानित : बिहार

पुष ८, २०८० / जेसी नेपाल संवाददाता

बिहार (भारत) : सिरहा नरहा गाउँपालिका ४ स्नेहासिला मिडियाकी प्रबन्ध निर्देशिका प्रेमशिला कुमारि यादव सहित मधेश प्रदेशका सात पत्रकार मधेपुरामा सम्मानित भएका छन्। उनीहरुलाई भारतको बिहार, मधेपुरामा भारतीय पत्रकार संघको बिहारस्तरीय संगोष्ठी तथा द रिपब्लिकन टाइम्सको छैटौँ स्थापना दिवसको अवसरमा स्व। वरिष्ठ पत्रकार डा. देवासिस बोस अवार्डसहित सम्मान गरिएको हो ।

पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै भारतीय पत्रकार संघले केही भारतीय पत्रकारलगायत सात नेपाली पत्रकारलाई पुरस्कृत गरेको हो । पूर्वमन्त्री जाकिर हुसैन, पूर्व सांसद पप्पु यादव र भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीको हातबाट डा.दिवासिस बोस अवार्डद्वारा पुरस्कृत हुने नेपाली पत्रकारहरूमा सरताज आलम, मध्यान्ह दैनिकका इस्तियाक अहमद र सत्येन्द्रप्रताप सिंहका साथै स्नेहसिला मिडिया सिरहाकी प्रेमशिला यादव, न्युज डेलीका सञ्चालक रघुनाथ गुप्ता, मधेश भूमिका रौतहट संवादाता रुपेश यादव र आरोही टिभीकी संवाददाता अनुष्का शर्मा रहेका छन् ।

बिहारको मधेपुरा शहरको कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष मो। रजीउर रहमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा स्व। वरिष्ठ पत्रकार डा. देवासिस बोसको जीवन चरित्र र योगदानहरुको बारेमा चर्चा समेत भएको थियो ।

प्रकाशित : पुष ८, २०८० २१:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA