नेपाल प्रहरीका सई मृत फेला : भक्तपुर

पुष ९, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक ४४ वर्षीय बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका छन ।

भक्तपुर प्रहरी परिसरका प्रमुख वेद विष्टका अनुसार उनी आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको छ । उनको मृत्युको कारण खुलेको छैन । उनी मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : पुष ९,२०८० ०६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA