आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह : इजरायल

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

रचना झा / भारत नयाँ दिल्ली : नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँ दिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान ट्राभल एड्भाइजरी जारी गरेको छ ।

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मंगलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो । विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए । इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ ।

भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी-यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला । परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

प्रकाशित : पुष १२,२०८० ०५:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA