सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यू : इजरायल

पुष १२, २०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : इजरायलको सैन्य कारबाहीमा पछिल्लो २४ घण्टामा मात्र २४१ को मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलको सैन्य कारबाही जारी रहेको क्षेत्रको पछिल्लो विवरणबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आक्रमणमा परि पछिल्लो २४ घण्टामा ३८२ जना घाइते भएका छन् । प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘गम्भीर अपराध’ भनेका छन् । बीबीसीकाअनुसार इजरायलका सेना प्रमुख हर्जी हालेवीले हमाससँगको द्वन्द्व "अझै धेरै महिना" जारी रहने बताएका छन्।

इजरायलले मंगलबार मध्य गाजाका १०० भन्दा बढी स्थानहरुमा आक्रमण गरेको थियो ।बधबार बिहान गाजापट्टीबाट ठूलो विस्फोटको आवाज सुनिएको थियो। प्यालेस्टिनी चिकित्सा स्रोतहरूले तुल्कारेमको नुर शाम्स शरणार्थी शिविरमा रातभरी इजरायली ड्रोन हमला भएको थियो । उक्त हमलामा ६ प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

मन्त्रालयकाअनुसार ११ हप्ताभन्दा बढीको लडाइँमा कम्तीमा २० हजार ९ सय १५ प्यालेस्टाइनी मारिएका छन् । जसमा अधिकांश बालबालिका र महिला छन्। हमासले इजरायल आक्रमण सुरु गरेपछि गत अक्टोबर ७ मा युद्ध सुरु भएको हो ।

प्रकाशित : पुष १२,२०८० ०५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA