बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक

पुष, १३,२०८०/ जेसी नेपाल संवाददाता

बारा : बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ कार्यसमिति चयनको लागि विहीबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संस्थाको शनिबार १३ औं साधारण सभामा सम्पन्न भएसँगै नयाँ कार्यसमिति, लेखा समिति चयनका लागि निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार १२ पुसदेखि २७ पुससम्मको कार्यतालिका बनाएर सार्वजनिक गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ४१ र ४८ तथा निजगढ नगरपालिकाको सहकारी ऐन, २०७६ को दफा ३० र ३७ को प्रयोजनार्थ संचालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको लागि गठित निर्वाचन समितिका संयोजक अजय कुमार उप्रेतीले सूचना प्रकाशित गरेका हुन् । निर्वाचन समितिले संस्थाको निर्वाचन प्रक्रियासँग सम्बन्धित आकर्षित हुने प्रचलित ऐनहरु, नियमावली, संस्थाको निर्वाचन नीति, र अन्य आवश्यक प्राविधिक तयारी पुरा गरी निर्धारित समितिहरुको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको संयोजक उप्रेतीले जानकारी दिए ।

निर्वाचन समितिले १५ गते उम्मेदवारी दर्ता र २७ गते मतदानको दिन तोकेको छ ।

यस्तो छ कार्यतालिका

प्रकाशि : पुष १३, २०८०   ०६:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA