अवैध रुपमा गिटी बालुवा उत्खनन् गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ: सिरहा

पुष, १३,२०८०/ जेसी नेपाल संवाददाता

सिरहा : सिरहामा अवैध रूपमा गिटी बालुवा उत्खनन गरेको आरोपमा क्रसर व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उद्योग प्रालिका सञ्चालक जनकपुर उपमहानगरपालिका ७ का मोहम्मद खलिल राईन रहेका छन् । उनलाई सिरहा डिभिजन वन कार्यालको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वन क्षेत्र भित्रको कमला नदी बगरबाट अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गरी खरिद बिक्रीमा संलग्न रहेको आरोप लागेको छ । सो आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।

चुरे वन क्षेत्र पर्ने कमला नदीको बगरमा गत शनिवार अवैध रूपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको झाले बताए । सोही क्षेत्रमा अवैध उत्खनन गरी खरिद बिक्री गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले पनि जानकारी दिए ।

यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा कुनै सहमति तथा समन्वय नभएकाले हामीले नियन्त्रणमा लिएका हौं वन अधिकृत मिश्रले भने, स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रक्रिया र आवश्यकताको आधारमा कारबाही अगाडि बढ्छ ।

प्रकाशि : पुष १३, २०८० ०६:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA