ईपीएसका हाकिम, डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन : प्रधानमन्त्री दहाल

पुष १४,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डीएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक(प्रहरी) लाई निलम्बन गर्ने भएको छ । तीनैजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जेसी नेपाल मिडियालाई बतायो ।

शनिबार दिउँसो मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकले दोषीमाथि निलम्बनको कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने छ । यसैबीच, शनिबार दिउँसो साढे २ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ । बैठकमा दोषीहरुमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बतायो । कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरुलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरुलाई परीक्षा दिनबाट बञ्चित गरेको र त्यसैको आक्रोेशका रुपमा युवाहरुले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो ।

ईपीएस शाखामा महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी छन् । बालकुमारी घटनामा निर्देशक सुवेदी दोषी देखिएको भन्दै सरकारले उनलाई निलम्बन गर्न लागेको स्रोतले खबरहबलाई बतायो । शुक्रबारको बालकुमारीमा ललितपुरका डीएसपी उमेश लम्सालको नेतृत्वमा १२५ जना प्रहरी खटिएका थिए । त्यसैगरी बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पीएसओले सडकको अवस्थाबारे रिपोर्टिङ नलिएर लापरबाही गरेको भन्दै उनलाई पनि निलम्बन गर्न लागिएको स्रोतले बतायो । कुन ठाउँको सुरक्षा कस्तो छ भन्ने जिम्मेवारी ननिभाएको हुनाले उनी निलम्बनमा पर्ने भएका हुन् ।

प्रकाशित : पुस १४, २०८० ०२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव