बालकुमारी घटना : निलम्बन भएका डीएसपी लम्सालका यस्ता थिए काण्डहरु #JC_NEPAL_MEDIA

पुष १५, २०८० / जेसी नेपाल मिडिया

काठमाडौं : बालकुमारीमा प्रदर्शनकारीमाथि गोली प्रहारको घटनामा जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी उमेश लम्साल निलम्बनमा परेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ सई बोधराज दनुवार पनि निलम्बनमा परेका छन् । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह तथा ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

एसएसपी शाहको कमजोर कमाण्डका कारण बालकुमारी घटना भएको थियो । सरकारले उक्त घटनामा प्रहरीको कमाण्ड गरिरहेका डीएसपी लम्सालका साथै मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो । डीएसपी लम्सालले अवस्था नियन्त्रणमै रहँदा गोली चलाउन आदेश दिएका थिए । दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डीएसपी उमेश लम्सालले गरेका थिए ।

उनकै कमाण्डमा रहेको १२५ जनाको प्रहरीको धरपकडमा परी दैलेख र अछामका दुई युवाले ज्यान गुमाउनु परेको छ । डीएसपी लम्साल यसअघि महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए । अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरुप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए ।

डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए । लम्साल निकै विवादित डीएसपी हुन् । डीएसपी लम्साल एमाले निकट मानिन्छन् । एमालेका नेताहरुको आडमा लम्सालले धेरै ठाउँहरुमा उत्पात मच्चाउँदै आएका बेला बालकुमारीमा काण्ड गरेका छन् ।

प्रकाशित : पुष १५,२०८० २१:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव