१९ सिटका लागि कुल ५२ जनाको उम्मेदवारी : राष्ट्रियसभा निर्वाचन

पुष २४, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि कुल ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार सातवटै प्रदेशका निर्वाचन कार्यालयमा गरी कुल ५२ जनाले मनोनयन दर्ता गराएका हुन् ।

यही माघ ११ गते हुन लागेको निर्वाचनबाट राष्ट्रियसभाका लागि एक तिहाइ अर्थात् १९ सदस्य चुनिने छन् । १९ सिटका सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिनका लागि निर्वाचन आयोगले मिति तोकेको छ ।

त्यस्तै पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित हुने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुने पनि आयोगले जनाएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई–दुई वर्षमा एक तिहाइ सदस्यहरूको कार्यअवधि समाप्त हुने र नयाँ एक तिहाइ सदस्य छनाैट गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : पुष २४,२०८० ०७:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA