जटहि नकामा लागु औषध दुर्व्यसनी बिरूद्ध सचेतना कार्यक्रम सम्पन्न

माघ ६, २०८०/ जेसी नेपाल मिडिया

जनकपुरधाम : धनुषाको जटहि नकामा लागु औषध दुर्व्यसनी बिरूद्ध " नेपाल सीमा क्षेत्र लागुऔषध दुरुपयोग सचेतना कार्यक्रम " सम्पन्न भएका छन । कार्यक्रमका अध्यक्षता लागु पदार्थ मुक्त समाज निर्माण हाम्राे राष्ट्रिय अभियानका अभियान्ता एवं एमएसडब्लुसी नेपालका वाेर्ड अफ डाइरेक्टर जगदीश चाैधरी यादवले गरेका थिए ।

उक्त कार्यक्रम मधेस प्रदेश प्रहरी कार्यालय -जनकपुर , जिल्ला प्रहरी कार्यालय -धनुषा , शस्त्र प्रहरी बल ८ नं. गण - मुजेलिया र जिल्ला ट्राफिक कार्यालय, धनुषाको समन्वयमा तथा मिथिला समाज उत्थान केन्द्र , नेपाल (MSWC-NEPAL) काे आयोजनामा भएको थियो भने प्रमुख अतिथि शस्त्र प्रहरी नायव उपरिक्षक श्याम कुमार कार्की रहेका थिए ।

विशिष्ट अतिथि एमएसडब्लुसी, नेपालका निर्देशक प्रमिला यादव , प्रहरी वरिष्ठ निरिक्षक सुरेन्द्र कुमार खेरबार रहेका थिए । कार्यक्रममा नेपाल प्रहरी, शस्त्र प्रहरी , ट्राफिक प्रहरी र अभियानीहरू रहेका थिए । दुई घण्टे सर्च अभियानमा दुई हजार भन्दा बढी पैदल यात्री, दुई पाग्रे , चार पाग्रे गाडी समेतलाई जाँच गरी लागु औषध बारेमा जानकारी गराउदै सचेत गराएका थिए ।

 

प्रकाशित : माघ ६, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA