राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशबाट काँग्रेसका आनन्द ढुँगाना र जसपाका पुजा चाैधरी विजयी

माघ ११, २०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : आज सम्पन्न राष्ट्रिय सभा सदस्य पदको लागि भएको निर्वाचनमा मधेश प्रदेशबाट नेपाली काँग्रेसका उम्मेदवार आनन्द प्रसाद ढुँगाना र जसपाका उमेदवार भारी मतान्तरले विजयी हाँसिल गरेका छन् ।

जनकपुरमा निर्वाचन सम्पन्न भएपछि भएको मतगणना परिणाम अनुसार नेता ढुँगानाले कुल १० हजार ८ ३९ मतभार (मत) मध्ये ७ हजार ३ ७० मत प्राप्त गरी विजयी भएका हुन् ।

यस्तै, महिला तर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट पूजा चौधरी विजयी भएकी हुन् । चौधरीले कुल मतमध्ये ७ हजार ९ सय २३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।

यस्तै, एमालेको २ हजार ४ सय ८४ मत, जनमतको ८१८ मत परेको हो । महिला तर्फ सूर्य छापको भने २ हजार ४ सय ४६ मत प्राप्त भएको हो ।

प्रकाशित : माघ ११, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA