मधेस प्रदेशमा सरुवा भई आउनु भएका प्रदेश सचिब यादबलाई गरे स्वागत : गृह सन्चार तथा कानुन मन्त्रालय

माघ १३,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : गृह सन्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले मन्त्रालयमा सरुवा भई आउनु भएका प्रदेश सचिबलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

शुक्रवार मन्त्रालयमा मन्त्री मोहम्मद समिमको अध्यक्षताामा भएको कार्यक्रममा मन्त्रालयका प्रदेश सचिब विरेन्द्र कुमार यादबलाई स्वागत तथा सम्मान गरिएको छ ।

कार्यक्रममा मन्त्री समिमले सचिबको सफल कार्यकालको शुभकामनाका साथै मन्त्रालयको बस्तुस्थितीको वारे जानकारी गराएका थिए । उनले भने यो प्रदेश सबै मन्त्रालय भन्दा गृह सन्चार तथा कानुन मन्त्रालय महत्वपूर्ण मन्त्रालय भएको बताएका थिए ।

सचिब यादबले सबैसँग परामर्श तथा सल्लाह बमोजिम काम गर्ने भएकोले सबैको सहयोग अनिर्वाय रहेको बताए । उनले कतै बढी र कतै कम कर्मचारी हुने गरेकोले आवश्यक ठाउँमा कर्मचारी परिचालन गरी ब्यवस्थापन गरिने बताए । सम्मान कार्यक्रम पश्चात सचिवले मन्त्रालय निरिक्षण गरेका थिए ।

प्रकाशित : माघ १३,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA