जिल्ला प्रहरी कार्यालयले अब मिटरब्याजको विवाद हेर्ने : गृह मन्त्रालय

माघ १६,२०८०/ जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालयले अब मिटरब्याजको विवाद हेर्ने भएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ "आयोग"को म्याद सकिएपछि गृह मन्त्रालयले बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरुपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो ।

मन्त्रालयले "अनुचित लेनदेन (मिटरब्याज) "सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।

साथै प्रहरीले नयाँ उजुरी पनि लिने छ । कार्यविधिमा भनिएको छ, उजुरी दिन छुटेको मिटरब्याज पीडितहरुले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने ।

हाल विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरुमा प्रहरीले मेलमिलापको प्रयास गर्नेछ । निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने कार्यविधिमा उल्लेख छ ।

गृह मन्त्रालयले नयाँ कार्यविधि सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमा पठाएर त्यसअनुसार गर्न समेत निर्देशन दिएको छ ।

प्रकाशित : माघ १६,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव