काण्डै काण्डले भरिएकी कञ्चनपुरकी इन्सपेक्टर बिनु शाही विवादित प्रहरी हुन

माघ २४, २०८० / जेसी नेपाल संवाददाता

पुजा श्रेष्ठ धनगढी : कञ्चनपुरकी विवादित प्रहरी हुन्, इन्सपेक्टर बिनु शाही । बेला बेलामा विवादमा आइरहने कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु अहिले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि दिएको चरम यातनाका कारण विवादमा छिन्।

इन्सपेक्टर बिनुले आफूभन्दा तल्लो तहका प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै थुनुवालाई यातना दिने गरेका प्रशस्त घटना बाहिर आइसके। तर, घटना बाहिरिए पनि उनीमाथि कारबाही भने हुँदैन्। हाकिमसँग राम्रो सम्बन्ध भएका कारण बिनुलाई उन्मुक्ति मिलिरहेको स्रोतको बुझाइ छ। इन्सपेक्टर बिनु यसअघि पनि विभागीय कारबाहीमा परेकी थिइन्। उनलाई यस अगाडि पत्रकार कुटपिटको घटनामा नसिहत दिइएको थियो।

कञ्चनपुरमा रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै बिनुसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कुवरलाई त कुटपिट समेत गरिएको थियो। सो घटनापछी प्रहरीको व्यापक आलोचना हुनका साथै कारबाहीको माग गरिएको थियो।

घटनाको छानविन गरी प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी, सिताराम विष्ट, बिनुकुमारी शाही र प्रहरी सहायक निरीक्षक अम्मर कार्कीलाई विभागीय कारबाही गरिएको हो।

प्रकाशित : माघ २४,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA