खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अन्तरतक्रिया कार्यक्रम सम्पन्न

माघ २४, २०८० / जेसी नेपाल संवाददाता

मंजित कुमार राम, महाेत्तरी

महाेत्तरीकाे साेनमा गाउँपालिकाकाे सभा हलमा बुधबार खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अभिमूखिकरण तथा अन्तरक्तिया कार्यक्रम सम्पन्न भएको छ। खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना - दाेश्राे अन्तरर्गत साेनमा गाउँपालिकामा संचालन हुनलागेको हाे।

विशेषगरी लक्षित वर्गलाई समावेश गरि कार्यक्रम भूकम्प र बादी पिडित,खाद्य असुरक्षित ,विपन्न,सिमान्तकृत दलित र महिलालाई सहवागिता गरिने आयाेजनाका निर्देशक जगन्नथ तिवारीले बताउनुभएको छ। पालिका भित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग जलवायु तथा पाेषण मैत्री कृषि प्रविधिकहरुकाे अनुसरण र प्रसार त्यसतै सान कृषिकहरुकाे क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्यजन र विविधिकरण प्रबर्द्वन गरि बजारमा पहुँच बनाउने साथै सुनाैला हजार दिनका आमाहरु ६-२४ महिना सम्मका बच्चाहरुकाे पाेषण स्थितिमा सुधार ल्याउने कार्यक्रमकाे उदेश्य रहेको निर्देशक तिवारीले बताएउनुभयाे।

पालिकामा खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना कार्यक्रम संचालन भएपछि पालिका भित्रकाे भूकम्प र बाढी पिडित,खाद्य असुरक्षित ,विपन्न,सिमान्तकृत दलित महिलाहरुलाई ठूलो मद्दत पुग्ने बिश्वास लिएको पालिका प्रमुख बिशेशवर यादवले बताउनुभयो । आयाेजना क्लष्टर इकाई प्रमुख युगल किशोरका अनुसार पहिलो चरणकाे कार्यक्रम पालिकाकाे वडा- ३ रधुनाथपुरमा संचालन गरिने बताउनुभएकाे छ। कार्यक्रममा उप प्रमुख जहिदा खातुन,प्रमुख प्रशासकीय अधिकृत ,८ अैां वडाको वडा अध्यक्षहरु सहवागी रहनुभएकाे थियोे ।

प्रकाशित : माघ २४,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA