आफूखुसी निर्णय गरेर \"चेन अफ कमाण्ड \"लाई चुनौती दिँदै डीआईजी चन्द #JC_NEPAL_MEDIA

माघ २८, २०८०/ जेसी संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : विगत माघ १२ गतेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भयो ।

उक्त घटनामा असन्तुष्ट जनाउँदै कार्यालय प्रमुखले राजीनामा दिए । राजीनामा दिने प्रहरी अधिकृत थिए विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द । डीआईजी चन्दको राजीनामापछि अनेकन टिकाटिप्पणी भयो । कसैले सकारात्मक भने त कसैले नकारात्मक । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित ब्याचीहरूले राजीनामाबारे पुनर्विचार गर्न भन्दै चन्दलाई राजीनामा नदिन भन्दै सुझाए ।

त्यसपछि प्रधान कार्यालय मानव स्रोत विभागले उनको राजीनामा फिर्ता गर्यो । त्यसयता डीआईजी चन्द १० दिनका लागि घर बिदामा छन् । तर, घर विदामै रहेको बेलामा समेत डीआईजी चन्दले प्रहरी संगठनलाई नै चुनौती दिँदै एकलौटी निर्णय गरेको पाइएको छ । विमानस्थल विवाद प्रकरण टुंगोमा लागिसेकेको छैन । तर, छानबिन भइरहेको बेला डीआईजी चन्दले विमानस्थलका अध्यागमन अधिकृत कुटपिट गर्ने प्रहरीलाई नगदसहित पुरस्कार दिने निर्णय गरेपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरु गरेको छ । जबकी नेपाल प्रहरी भनेको "चेन अफ कमाण्ड" मा चल्ने फौजी संगठन हो ।

तर, उनै डीआईजी चन्दले "चेन अफ कमाण्ड " मा चल्ने प्रहरी संगठनलाई चुनौती दिँदै आफुखुसी निर्णय गरेपछि आईजीपी कुँवर समेत असन्तुष्ट बनेका छन् । कमाण्ड कन्ट्राेलमा कमजोर क्षमताका डीआईजी चन्दले राजीनामा दिनुको कारण व्यक्तिगत फाइदाको लागि रहेको स्रोत बताउँछ । कमाण्डलाई नै धरापमा पार्नेगरी पुरस्कार दिने निर्णय डीआईजी चन्दको आफूखुसी निर्णय हो : स्रोतको दाबी रहेको छ । जबकी राजीनामा दिएर सर्वत्र चर्चा भएपछि डीआईजी चन्दले आईजीपी कुँवरसँग समन्वय गरेर विवादमा तानिएका प्रहरीलाई के गर्ने भनेर निर्णय गर्नुपर्थियो ।

तर, एकलौटी निर्णय गरेपछि प्रधान कार्यालयले चन्दमाथि छानबिन गर्ने तयारी गरेको छ । राजीनामा दिएका डीआईजी चन्दको परिवार अमेरिकामा बसोबास गर्दै आएका छन् । उनको समेत अमेरिकाको कार्ड रहेको हुनसक्ने बताइएको छ । सोहीकारण राजीनामा दिएर चन्द अमेरिका भासिन खोजेको आरोप पनि छ । आफूखुसी निर्णय गरेपछि उनै डीआईजी चन्दको काज सरूवा भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन् ।

हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआईजी सुदीप गिरी प्रमुख छन् । विमानस्थलमा कसलाई पठाउने भन्‍ने निर्णय भइसकेको छैन ।

प्रकाशित : माघ २८, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA