४२ वर्षीया मिनासहित करोडौँ ठगी गर्ने चार जना प्रक्राउ #JC_NEPAL_MEDIA

फाल्नु ४, २०८० / जेसी नेपाल संवाददाता

शिवकुमार / काठमाडौं

काठमाडौं : फाल्नु २ गते विभिन्न बहानामा करोडौँ ठगी गर्ने चार जना प्रक्राउ परेका छन् ।

काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यलयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले विभिन्न बहानामा सात करोड ७७ लाख ५१ हजार रुपियाँ ठगी गर्ने चार जनालाई प्रक्राउ गरिएको जानकारी दिनुभयो । उपरीक्षक रेग्मीका अनुसार प्रक्राउ पर्नेमा ४२ वर्षीय कुमार थापा, ४२ वर्षीया मिना दमै, ४३ वर्षीय रविनकुमार थापा, ३९ वर्षीय दिलीपकुमार लाभ छन् ।

निजहरुले चार जनाको समूह बनाई विभिन्न व्यक्तिलाई ठगी गर्ने क्रममा सुनका गहना, गाडी र जग्गाको बरोबार गर्ने देखाई विश्वसमा पार्ने ठूला कारोबार भएको देखाउने गरेको अनुसन्धानमा खुलेको छ ।

त्यस्तै अनुसन्धानमा पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाख रुपियाँ बराबरको गहना खरिद गरी विश्वास जितेपछि एक करोड ८० लाख रुपियाँका गहना बाहिर निर्यात गर्ने भनी लिई चेक दिई योजनाबद्ध रुपमा ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीका अनुसार मीना दमैले तीन करोड ६५ लाख ५९ हजार रुपियाँ बैंकिङ कसुर एवम् ठगी मुद्दा गरेको आरोप लागेको छ । यस्तै थापाविरुद्ध दुई करोड ६० लाख रुपियाँको बैंकिङ कसुर एवम् ठगी गरेको मुद्दा दर्ता गरिएको छ ।

दिलीपकुमार लाभविरुद्ध ११ लाखको बैंकिङ कसुर मुद्धा दायर गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।

प्रकाशित : फाल्नु ४, २०८० ०६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA