टिपर दुर्घटनामा च्यापिएका चालकको पाँच घण्टापछि जीवितै उद्धार

७,०८० / जेसी नेपाल संवाददाता

मकवानपुरको भीमफेदी गाउँपालिकामा टिपर दुर्घटना हुँदा च्यापिएका चालकको झन्डै ५ घण्टापछि जीवितै उद्धार गरिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार भीमफेदी गाउँपालिका– १ खोप्लाङस्थित भैँसे–हेटौँडा सडकखण्डमा सोमबार बिहान भएको टिपर दुर्घटनामा च्यापिएका चालकको ५ घण्टापछि जीवितै उद्धार गरिएको हो। चालक हटौँडा उपमहानगरपालिका–१५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबाको अहिले हेटौँडा– ११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। वाइबाको बायाँ हात भाँचिएको र कम्मरभन्दा मुनिको भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेकाे प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

सोमबार बिहान १० बजेतिर रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुंगाखानीबाट ढुंगा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। चालक वाइबाको उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकबाट टोली खटिएको थियो।

उद्धारमा नेपाली सेनाको हाइड्रा, सेनाको प्राविधिक टोली र दुईवटा एक्साभेटरको प्रयोग भएको प्रवक्ता भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA