भेपमा मात्र नभई ,सुन तस्करीका अरु प्रकरणमा पनि महराको भूमिका शंकास्पद

चैत्र १०, २०८०/ जेसी नेपाल सम्वाददाता

काठमाडौं : सुन तस्करी गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका पूर्व सभामख एवं सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दशक अघिबाटै चिनियाँ गिरोहसँग निकट रहेको पाइएको छ ।

विद्युतीय चुरोट (भेप)मार्फत् गरिएको सुन तस्करीको अनुसन्धानमा तानिएका महरा अरु प्रकरणमा पनि संदिग्ध भूमिकामा रहेको भेटिएको हो । तर ती प्रकरणमा भने अनुसन्धान नै भएको छैन । २०६२/६३ को राजनीतिक परिवर्तनपछि माओवादी शान्ति प्रक्रियामा आएसँगै महरा ४ पटक सांसद र ६ पटक मन्त्री तथा एक पटक सभामुख बनेका थिए ।

तर यही पछिल्लो १३ वर्षमा उनी सुन तस्करसँग पनि निरन्तर सम्बन्ध र सम्पर्कमा रहेको पाइएको हो । सुन तस्करी नियन्तणसम्बन्धी जाँचबुझ आयोग, गृह मन्त्रालय र नेपाल प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार महरा २०६७ सालयता चिनियाँ गिरोहसँग निकटमा रहेर सुन तस्करलाई सघाउँदै आएका बलिया प्रमाणहरु फेला परेका हुन् । सुन तस्करसँग सम्बन्ध बनेपछिका दिनमा महरा नेपालको उपप्रधानसहित परराष्ट्रमन्त्री, गृहमन्त्री र अर्थमन्त्री तथा २०७४ को आमनिर्वाचनपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए ।

संसद सचिवालयकी एक कर्मचारीमाथि नै यौन शोषणको अभियोग लागेपछि २०७६ असोज १४ मा पदबाट राजीनामा दिएका उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि भने शक्तिबाट बाहिर भए । २०७९ पुस १० मा भेपमा सुन ल्याउने तस्करलाई सघाएको कसुरमा उनलाई प्रहरीले गत सोमबार कपिलबस्तुको पकडीबाट पक्राउ गरी काठमाडौं ल्याएकोमा ४ दिन लगाएर बयान लिएको थियो ।

स्वास्थ्य स्थिति कमजोर रहेको भन्दै हिरासत बाहिरै बस्ने ‘छुट’ पाएपनि उनीमाथि सुन तस्करलाई सहयोग गरेका दर्जन बढी तथ्य फेला परेका छन् । भेप प्रकरणमा महरामाथि सुन तस्कर दावाजिन वाङसँगको सम्बन्धसँग मात्रै जोडेर हेरिएकोमा उनी तस्करलाई काठमाडौंमा संरक्षण दिएकोदेखि सुन तस्करले प्रयोग गर्ने सवारी साधनको बन्दोबस्तीसम्ममा पनि संलग्न रहेको देखिएको छ ।

जसलाई पूर्व न्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आोगले पनि यसको पुष्टि गर्दै महरामाथि ‘मतियार’का रुपमा मुद्दा चलाउन राय दिएको छ । सीआइबीले त्यसलाई नै मुख्य आधार बनाएर अनुसन्धान गरिरहेको छ । सुन तस्करीका नाइके दावाजिन वाङसँग छोराहरु राहुल भनिने रेशम र निर्मल महरामार्फत् पूर्व सभामुदख महराले सम्बन्ध बनाएका थिए ।

प्रकाशित :चैत्र १०,२०८० ०५:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव