धनुषामा एकाबिहानै भारतीय कारको ठक्करले एकजनाको मृत्यु

१३, २०८०/ जेसी नेपाल सम्वाददाता

जनकपुरधाम : धनुषामा एकाबिहानै भारतीय नम्बर प्लेट भएको कारको ठक्करले एकजनाको मृत्यु भएको छ । बिहान करिब सबा ६ बजेको समयमा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी रञ्जन अवाले जानकारी दिएको छ ।

उनले मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका ४ का अन्दाजी २५ वर्षीय रामबाबु साह रहेको जानकारी दिनुभएको छ । उनका अनुसार लक्ष्मीनिया गाउँपालिका ६ लक्ष्मीनिया बजार नजिकै भएको उक्त दुर्घटनमा परेको साहको सेन्ट्रल अस्पतालमा उपचारको क्रममा करिब ७ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

बिहान जनकपुरधाम ढल्केवर सडकखण्डमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको डी.एल.१२सी ०९४४ भारतीय नम्बर प्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए । मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र पहिचान भईसकेको उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : चैत्र १३,२०८० १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA