रौतहटबाट एसइइ परिक्षामा ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउदै

चैत्र १७,२०८०/ जेसी नेपाल संवाददाता

चन्द्रपुर : भोली बिहीबार देखी संचालन हुने एसईइ परिक्षामा रौतहटबाट ९ हजार ४ सय ६९ बिद्यार्थी सहभागीता जनाउने भएका छन ।

रौतहटबाट ४ हजार ५ सय ८ जना छात्र र ४ हजार ९ सय ६१ जना छात्रा सहित ९ हजार ४ सय ६९ जना बिद्यार्थीले भोली देखि हुने एसईइ परिक्षामा सहभागिता जनाउने शिक्षा समन्वय इकाइ रौतहटका प्रमुख उपसचिब राम बिनय सिंहले जानकारी दिएका छन ।

सो परिक्षामा रौतहटमा रहेका १ सय १४ वटा सामुदायिक तथा निजी बिद्यालयका बिद्यार्थीहरु सहभागि छन भने ३९ वटा परिक्षा केन्द्र तोकिएको प्रमुख सिंहले जानकारी दिए ।

परिक्षामा ३९ जना केन्द्राध्यक्ष,६२ जना सह केन्द्राध्यक्ष,४ सय ७६ जना निरिक्षक,१ सय ८९ जना परिचर र ५ सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए ।परिक्षामा दृष्ट्रि बिहिन १ जना,जिल्ला कारागारमा रहेका १ जना,इलाका प्रहरी कार्यालय बिजयपुरको हिरासतमा रहेका १ जना परिक्षार्थी समेत रहेको सिंहले जानकारी दिएका छन ।

यसैगरी प्राबिधिक धार तर्फ २ सय ५० जना र ग्रेड बृद्धिमा २६ जना माबि महमदपुर केन्द्रमा परिक्षार्थी सहभागी हुने उनले जानकारी दिएका छन ।

प्रकाशित : चैत्र १७,२०८० ०६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA