माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ बिद्यार्थी अनुपस्थीती

चैत्र १७,२०८०/ जेसी नेपाल संवाददाता

बिहिबार देखी शुरु भएको माध्यमिक शिक्षा परिक्षामा रौतहटका २ सय ६१ जना बिद्यार्थी अनुपस्थीती भएका छन ।

शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले दिएको जानकारी अनुसार रौतहटबाट परिक्षा दिने ११६ छात्रा र १४५ छात्र गरि जम्मा २६१ परीक्षार्थी अनुपस्थित रहेका छन ।

परीक्षाका लागि ४५०८ छात्रा र ४९६१ छात्र गरि जम्मा ९४६९ परीक्षार्थी फारम भरेकोमा बिहिबार भएको अंग्रेजी विषयमा ४३९२ छात्रा र ४८१६ छात्र गरि जम्मा ९२०८ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख राम बिनय सिंहले जानकारी दिएका छन ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा—१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक ) को पूर्वनिर्धारित समय तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा जिल्लाको ३९वटै परीक्षा केन्द्रहरूमा शान्तिपुर्वक सम्पन्न भएको प्रमुख सिंहले बताएका छन ।

प्रकाशित : चैत्र १७,२०८० ०६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव