सांग्रिला एफसी अन्तिम चरणमा : आठौ संस्करणको विराट गोल्डकप

चैत्र १८,२०८०/ जेसी नेपाल संवाददाता

विराटनगर —रोयल थिम्पु एफसी भुटानमाथि ३–२ गोलको संघर्षपूर्ण जित निकाल्दै घरेलु टोली सांग्रिला फुटबल क्लब मोरङ शनिवार आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । खेलको ५० मिनेटसम्म ३ गोलको अग्रता लिएको मोरङ अन्तिम २५ मिनेट थिम्पुको दबाब झेल्दै संघर्षपूर्ण जितको हकदार बन्दा थिम्पुले शनिबार सहिद मैदानमा दर्शकको मन जित्न सफल रह्यो ।

उद्घाटन खेलमा तीन पटकको विजेता नेपाल पुलिस क्लबलाई ३–० ले पन्छाउँदै थिम्पुले अन्तिम आठको यात्रा गरेको थियो । मोरङले फाइनल प्रवेशका लागि एपीएफ र १४ औ संस्करणको इटहरी गोल्डकप विजेता चर्च ब्वाइजबीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । चर्च ब्वाइजले शनिबार आर्मीलाई १–० गोलले हराएर इटहरी गोल्डकप जितेको छ ।

मिनेटमा आशिष चापागाईंले गोल गर्दै टिमलाई अग्रता दिलाए । विवेक पौडेलको कर्नर भलीमा आशिषले हेड गोल गर्दै थिम्पुका गोलरक्षक डेन्डुप नामग्याललाई जिल्याए । मोरङका दोस्रो गोल ३३ औ मिनेटमा हेडिङमै सम्भव भयो । विवेक पौडेलले बक्समा उपलब्ध गराएको क्रसमा सुशील राईले हेडिङबाट आकर्षक गोल गरे । मोरङका खेलको ५० औ मिनेटमा विदेशी खेलाडी स्याङबाट तेस्रो गोल भयो । थिम्पुका गोलरक्षक डेन्डुप अगाडि बढेको मौका छोप्दै स्याङले ३० यार्डवाट बायाँ बार च्यापेर गरेको प्रहारले पोस्टको जाली छोएको थियो ।

२०३१ सालमा महेन्द्र गोल्डकप विजेता थिम्पुका लागि सोरब दोर्जेले ६५ र ७४ औं मिनेटमा दुई गोल फर्काए पनि टिमको हारर् टार्न सकेनन् । केल्जाङ जिग्मेले प्रहार गरेको बललाई सांग्रिलाका गोलरक्षक विशाल सुनारले पन्च गरे । रिबाउन्डमा पाएको बललाई वान टचमै दोर्जेले गोल गरेर खेल ३–१ को स्थितिमा ल्याएका थिए । ७४ औं मिनेटमा जिङ्ग्माले उपलब्ध गराएको क्रस सदुपयोग गर्दै दोर्जेले गोल गरी टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

अन्तिम २५ मिनेट थिम्पुले आक्रामक खेल पस्कँदै आधा दर्जन बढी गरेको पोस्ट आक्रमणलाई सांग्रिलाका गोलरक्षक विशालले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए । प्लेयर अफ द म्याच महेन्द्र कार्की भए । उनले११ हजार रुपैयाँ पाए । आइतवार एनआरटी र सिक्किम ड्रेगानबी खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA