२ करोडकाे हुण्डी कारोबार गर्ने गिरोह पक्राउ

चैत्र २०,२०८०/ जेसी नेपाल संवाददाता

वीरगन्ज । वारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।

उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले सोमबार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, मुसहर्वाबाट हुण्डी गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुश्वहालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए । प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । बारा प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूको साथबाट बरामद मोबाइल तथा ल्यापटपसहितका विद्युतीय सामग्रीको ‘डाटा’ विश्लेषण गर्दा पहिलो फेजमा करिब २ करोडसम्म रुपैयाँको दिनहुँ कारोेबार भएको पाइएको प्रहरी स्रोतले जनाएको छ । यसरी गरिन्थ्यो हुण्डी कारोबार स्रोतका अनुसार पक्राउ परेका महतोले मलेसियामा रहेका आफ्नो दाइ राकेश कुश्वाहामार्फत त्यहाँबाट कलेक्सन गरिएको हुण्डी रकम भारतबाट उठाएर नेपाल ल्याउने गरेका थिए । त्यही क्रममा सोमबार भारतबाट हुण्डीकै पैसा उठाएर नेपाल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । बारा प्रहरीले उनीहरूको साथबाट प्रदेशको २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव