लागु औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

चैत्र २४,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : देशका विभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाकेको नेपालगन्ज उपपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजानाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५६ वर्षीय झोगे राम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका-१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय सञ्जय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।

अस्थायी प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्कीको पोखरा महानगरपालिका-२७ तालचोकबाट अवैध लागु औषध गाँजा करिब १० किलोसहित गोरखा सुलिकोट गाउँपालिका-५ सौरपानी बस्ने २२ वर्षीय मदन नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक मदनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  चितवनको राप्ती नगरपालिका-२ गडौलिबाट अवैध लागु औषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय मन बहादुर तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।  बर्दियाको गुलरिया नगरपालिका-७ चौगुर्जी टोलबाट अवैध लागु औषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ५ ग्रामसहित सोही ठाउँ  बस्ने ७६ वर्षीय नन्दलाल गोडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : चैत्र २४,२०८० १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहा कारागारमा तनाव, २३ कैदी प्रहरी नियन्त्रणमा

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव