सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी

चैत्र २७,२०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती संगठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो ।

सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको बलम्बु स्थित घरमा आगो लागेको हो ।आगलागीबाट सशस्त्र प्रहरीका लत्ता कपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरण समेत जलेका छन् ।

सशस्त्र प्रहरी ले आगलागी के कारणले भयो भन्नेबारे बुझ्ने काम भइरहेको जानकारी दिए । सशस्त्र प्रहरी अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए । सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआइजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरु समेत सम्मिलित समिति गठन गरेका हुन् । आगलागीबाट ठूलो धनराशीका सामानहरु जलेर नष्ट भएका छन् ।

कति सामान जल्यो भनेर यकिन भइनसकेको सशस्त्रले जनाएको छ । राति ८ बजे सम्म नियन्त्रणकाे प्रयार भइरहेकाे थियो।

प्रकाशित : चैत्र २७,२०८० ०४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA