बैशाख २० देखि अन्तरप्रदेश क्रिकेट प्रतियोगिता हुने

चैत्र ३०,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले आउँदो बैशाख २० गतेदेखि २९ गतेसम्म शहीद कप अन्तरप्रदेश क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । मन्त्रालयले जनकपुरधामस्थित निर्माणाधीन श्रीरामजानकी बहुउद्देश्यीय रंगशालामा क्रिकेट प्रतियोगिता संचालन गर्न लागेको हो ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सचिव चुडामणि फुयालले उक्त प्रतियोगितामा ७ वटै प्रदेश टीम र जनकपुर–११ टीम गरि कुल ८ वटा क्रिकेट टीमले प्रतिस्पर्धा गर्ने बताउनुभयो । शहीद कप क्रिकेट कमिटिको संयोजन तथा क्रिकेट एशोसिएशन नेपालको सहकार्यमा संचालन हुने टी–२० क्रिकेट प्रतियोगितामा विजेता टीमलाई नगद रु. २ लाख ११ हजार तथा ट्रफी तथा उपविजेता टीमलाई नगद रु. १ लाख १ हजार तथा ट्रफी प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरीजलाई नगद रु. १५ हजार तथा ट्रफी र प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद रु. २ हजार ५ सय तथा ट्रफी प्रदान गरिने कमिटिका संयोजक रुपेश कुमार सिंहले बताउनुभयो ।

३७ देखि ४० लाख रुपैयाँ अनुमानित खर्च रहेको यस प्रतियोगिताका लागि मन्त्रालयले ३० लाख रुपैयाँ छुट्याएको हुँदा थप आवश्यक रकम व्यवसायीक प्रतिष्ठानबाट सहयोग लिन सकिने संयोजक सिंहले सुझाव दिनुभयो । यसअघि कमिटिले चन्दा संकलन गरि ३ पटक शहीद कप प्रतियोगिता गराईसकेको स्मरण गराउँदै सिंहले खेल र खेलाडीको उत्साह बढाउन मन्त्रालयले देखाएको अग्रसरता प्रति धन्यवाद व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सुरीता साहले देश भरिका खेलाडीहरु जनकपुरधाम आउन लागेको अवसरमा प्रतियोगितालाई सभ्य र भव्य बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नु भएको छ ।

वीर शहीदहरुको सम्झनामा हुन लागेको यस क्रिकेट प्रतियोगिताको समापन समारोहमा शहीद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको बताउँदै मन्त्री साहले खेलुकद क्षेत्र देखिएका समस्या समाधानका लागि एने, कार्यविधी, बजेट जस्ता विषयहरु प्रति आफू गम्भीरताका साथ कार्य गरिरहेको दाबी गर्नुभयो । प्रकाशित : चैत्र ३०:२०८० १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA