राज्यमंत्री दिपक कार्कीको जनकपुर एयरपोर्टमा भव्य स्वागत

चैत्र ३०,२०८०/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल सरकारको वन तथा वातावरण राज्यमंत्री दिपक कार्की को जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ।

राज्यमंत्रीको पदभार ग्रहण पश्चात पहिलो पटक आफ्नो गृह जिल्ला आएका मंत्री दिपक कार्कीलाई एयरपोर्टमा जसपाका नेता कार्यकर्ता हरुले भव्य स्वागत गरेहका हुन्। एयरपोर्टबाट सीधा धनुषाधाम स्थित वनस्पति कार्यालय द्वारा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका मंत्री कार्कीलाई परसुराम तलाऊमा रोकेर धनुषा क्षेत्र नं. १ का नेता कार्यकर्ता हरुले ४५ किलोको माला लगाएर स्वागत गरेका भिए ।

क्षेत्र नं.१ मा ४५ वटा वडा रहेको प्रतिकको रुपमा ४५ किलोको माला लगाइएको क्षेत्रिय अध्यक्ष विनोद यादवले बताए । राज्यमंत्री कार्की को ४,५ दिन सम्म गृह जिल्लामा वस्ने कार्यक्रम रहेको छ।

प्रकाशित : चैत्र ३०:२०८० १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA