धनुषामा एक ५५ वर्षीया महिलाको हत्या

बैशाख २,२०८० / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका–७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको छ । धनुषाकै सहिदनगर नगरपालिका–४ ननुपट्टी (माइती) गएकी उनी शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार उनको शव आज बिहान ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको छ ।

मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । माइतमा एक जनाको मृत्यु भएकोले उनी गएकी थिइन् ।

साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA