राष्ट्रिय परिक्षा वाेर्ड , नेपालले कक्षा १२ काे परीक्षा लिदै , अँग्रेजी विषयकाे परीक्षा सम्पन्न

बैशाख १४,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय परिक्षा वाेर्ड , नेपालले कक्षा १२ काे परीक्षा १४ गतेदेखि देशभर संचालन गरेका छन । परिक्षा शान्तिपूर्ण , मर्यादित र निष्पक्ष ढंग संचालन गर्न गराउन वाेर्ड र गृह मंत्रालय समेतले प्रमुख जिल्ला अधिकारी सबैलाई निर्देशन दिइसकेका छन ।

साथै परिक्षा मर्यादित गराउन विभिन्न प्रवेक्षकहरू खटाएका छन ।आज देशै भरि अँग्रेजी विषयकाे परीक्षा सम्पन्न भएका छन । धनुषामा सकल भवन कन्या माविकाे केन्द्रमा एक जना छात्र परीक्षा हलमा माेवाइल लगि प्रश्न पत्र हुवाटसप र माइसेज बाट अरू ठाउँमा पठाएकाले परीक्षा केन्द्र बाट निष्कासन गरेका छन ।

अँग्रेजी विषयकाे परीक्षा देशै भरि निष्पक्ष र मर्यादित भएको बुझिएको छ । वितेकाे वर्ष भन्दा यसपालिको १२ कक्षाकाे परिक्षा शान्तिपूर्ण , मर्यादित र निष्पक्ष ढंगले भइरहेको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय , मधेस प्रदेश , जनकपुर बाट जानकारी गराएका छन ।

कुनै पनि वहानामा परिक्षा अमर्यादित हुन नदिन सबै पक्षलाई आग्रह गरिदै राष्ट्रिय परीक्षा वार्डले मातहतका कार्यालयहरूलाई निर्देशन दिएका छन ।

प्रकाशित : बैशाख १४,२०८० ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA