धनुषा प्रशासनलाई हिन्दु सम्राट सेनाले जनकपुरको बाह्रविघामा दाहा मनाउन नदिन ध्यानाकर्षण गराए JCNEPAL_MEDIA

असार ३१,२०८१ / जेसी नेपाल संवाददाता

हिन्दुवादी संगठन रहेको हिन्दु सम्राट सेनाले जनकपुरको रँगभूमि मैदान (बाह्रविघा) मा दाहा मनाउन प्रतिबन्धको निर्णयलाई कार्यन्वयन गर्न प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

आईतबार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाउँदै हिन्दु सम्राट सेनाले विगतमा प्रशासनको रोहबरमा भएको सर्वपक्षियत सहमति अनुसार बाह्रविघा मैदानमा मुहर्रम, दाहा मनाउन नदिने निर्णय कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो । हिन्दु धर्मावलम्बीहरुको यात्राको दिन देशको विभिन्न स्थानामा सम्प्रादायिक घटनाहरु हुँदै आएको तथ्यलाई मध्यनजर गर्दै हिन्दु सम्राट सेनाले विगतको निर्णयलाई कार्यन्वय गर्न माग गरेको हो ।

यसपालीदेखि बाह्रविघा मैदानमा हातहियारसहितको प्रदर्शन नगर्न, जानकी मन्दिर भएर हतियार प्रदर्शन नगर्न भएको निर्णयलाई तादरुकताका साथ कार्यन्वयनको लागि ध्यानाकर्षण गराएको हो । यसअघि स्थानीय प्रशासन, मुस्लिम समुदायका अगुवा, हिन्दु समुदायका अगुवाहरुबीच रँगभूमि मैदानमा दाहा खेल्न नपाउने, जानकी मन्दिर भएर हातहतियारसहितको प्रदर्शन गरी मोहर्रम खेल्न नपाउने निर्णय भएको बताईएको छ ।

सो निर्णय अघिल्लो बर्ष सहमतिमा कार्यन्वयन नभएपनि यसपाली कार्यन्वयनको लागि अगावै ध्यानाकर्षण गराएको हो । हिन्दु सम्राट सेनाका कार्यकर्ताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय प्रशासनसँग समन्वयको लागि अपिल गरेको हो ।

प्रकाशित : असार ३१,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी