प्रहरी कर्मचारी सँग अपराध अनुसन्धान तथा अभियोजन कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता -

२०८१/०४/०४ गते १४:४० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाको कवड हलमा प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीको‌ संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालय तथा सम्मानित जिल्ला अदालतका प्रतिनिधिहरूको उपस्थितमा कार्यक्रम भएका छनल। 

जिल्ला प्रहरी कार्यालय, धनुषा तथा मातहत सम्पुर्ण कार्यालयका कार्यालय प्रमुख तथा अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारी सँग अपराध अनुसन्धान तथा अभियोजनको क्षेत्रमा नेपाल प्रहरी, सरकारी वकील, र अदालतको‌ भुमिका, समन्वय/सहयोगको अवस्था, बिद्यमान चुनौती, तथा समस्याहरु र समाधानका उपायहरूको बारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम राखिएको, उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय, सरकारी वकील कार्यालय तथा जिल्ला अदालतबाट आउनु भएका प्रतिनिधिहरूबाट छुट्टाछुट्टै प्रस्तुतिकरणहरु समेत प्रस्तुत गरिएको थियो र अन्त्यमा यस कार्यालयका कार्यालय प्रमुखद्वारा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आफ्नो अमूल्य निर्देशन सम्बोधन समेत दिई उक्त कार्यक्रम ऐ.१८:०० बजेको समयमा समापन भएको थियो।

प्रकाशित : श्रावण ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA