पहिलो बचतकर्ताको रकम फिर्ता गर,त्यस पछि घर लिलाम गर : सहकारी पीडित JCNEPAL_MEDIA

श्रावण ५,२०८१ / जेसी नेपाल संवाददाता

बागलुङ : इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको स्वामित्वमा रहेको सदरमुकाम बागलुङ बजारको घर राष्ट्रिय सहकारी बैंकले लिलामी प्रक्रिया थालेपछि बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

शनिवार उनीहरुले बैंकको प्रक्रिया रोकेर पीडितले लिने बाताबरण बनाउन पहल गर्ने बताएका छन् । उनीहरुले मालपोत, प्रशासन र सरोकारवाला निकायमा लिलामी प्रक्रिया रोक्न दबाव समेत दिन थालेका छन् । बैंकले असार मसान्तमा सदरमुकामको घर १३ करोड २५ लाखमा लिलामी गर्न लागेपछि इमेज पीडित सरोकार समितिले सर्वत्र दबाव दिएक हुन् ।

घर किन्नकालागि आएका ग्राहकलाईपनि उनीहरुले फर्काउने प्रयास गरेको समितिका संयोजक डिलबहादुर कार्कीले बताए । गत कात्तिक ३ गते र मंसिर ८ गते दुइपटक सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रिय सहकारी बैंकले सदरमुकामको हल्लनचोकमा रहेको घर लिलामीको प्रक्रिया थालेको थियो । पीडितले आँफै घर किनेर बचतकर्ताको रकम दामासाही गर्ने भनेपछि बैंकले केही ढिला गर्दापनि प्रक्रियामा नआएपछि मात्रै असार मसानतमा घर लिलामी सुरु भएको हो । 

पीडितले दवाव दिनुभएको थियो, तर प्रक्रियामा आउनु भएन,’ बैंकका संचालक रामबहादुर जिसीले भने, ‘असार मसान्तमा त अन्तिम प्रक्रियामा जानै पर्थ्यो, त्यसैले लिलामीमा गयौं ।’ बैंकको ८ करोड रुपैयाँ मात्र ऋण असुली गर्ने लक्ष्य भएपनि घरको प्रचलित सरकारी मूल्यमा लिलामी गरिएको उनले जानकारी दिए ।

बचतकर्ताले भने प्रमुख जिल्ला अधिकारी मार्फत बैंकलाई काम रोक्न दवाव दिएका हुन् । कानूनी प्रक्रियामा गएकोले बचतकर्ताले रोक्न नमिल्ने सरकारी अधिकारीहरुको भनाइ छ । बचतकर्ताले पनि अदालतको आदेश आएपनि आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

‘आन्दोलन मार्फत भएपनि बचतकर्ताको रकम फिर्ता गराउनैपर्छ,’ कार्कीले भने, ‘हामी जुनसुकै आन्दोलन गर्न तयार छौं ।’ घर किन्नेले रकम पीडितको खातामा पठाइदिनुपर्ने शर्त उनीहरुले राखेका छन् । एक वर्षदेखि पीडितले विभिन्न चरणका आन्दोलन गरिरहेका छन् ।

प्रकाशित : श्रावण ५,२०८१ / ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी