आज देशभरि नागपञ्चमी मनाउँदै JCNEPAL_MEDIA

श्रावण २५,२०८१ / जेसी नेपाल संवाददाता 

काठमाडौं  :  आज नागपञ्चमी घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ, यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ ।

श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध,दही,अक्षता,फुल,दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ। यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ ।

नागकाे पुजा गर्नाले वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

धार्मिक र सांस्कृतिक रूपमा सम्पन्न हामी नेपालीका लागि यी पर्वहरु सम्पत्ती हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA