प्रादेशिक अस्पतालमा डाक्टरहरुले आफ्नै रगत दिएर सुत्केरीकाे ज्यान बचाउन सफल: जनकपुर JCNEPAL_MEDIA

श्रावण ३२, २०८१ / जेसी नेपाल मिडिया

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधामले उत्कृष्ट कार्य गरेका छन । एक महिलालाई डाक्टरहरुको टीमले आफ्नै रगत दिएर ज्यान बचाउन सफल भएका छन् । प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएकी धनुषा सबैला नगरपालिका वडा नं. ७ मखनाहा बस्ने बर्ष ३० की हसिना खातुनलाई अस्पतालका डाक्टरहरुले आफ्नै रगत दिएर ज्यान जोगाईदिएका छन् ।

अप्रेशनमा सँलग्न डाक्टरहरुले रगतको अभाव भएपछि आफ्नै रगत दिएर अप्रेशन गर्न भ्याए । गत विहिबार साउन २४ गते जनकपुरको प्रादेशिक अस्पताल ओपिडीमा भर्ना भएकी हसिना खातुनको पेटमा बच्चा मरिसकेको थियो । साढे ६ महिनाको बच्चा पेटमै मरेपछि व्यथा लोगकी हसिना अस्पताल भर्ना भएकी थिईन् ।

अस्पतालका डाक्टर राजदेव महतो नेतृत्वको चिकित्सक टिमले बच्चालाई निकाल्ने प्रयास गरे । बच्चाको दुई दिन अगाडी नै पेटमै मृत्यू भईसकेकोमा बच्चालाई औषधी मार्फत निकाल्ने प्रयास गरिएको थियो । बच्चा मृत अवस्थामा निस्किएपछि हसिनालाई रक्तश्राव सुरु भएको थियो । उनको रक्तश्राव सुरु भएपछि ५ पोका रक्त चढाएको थियो । त्यसपछि समेत उनको रक्तश्राव नरोकिएपछि उनलाई अप्रेशन गरी पाठेघर निकाल्नुपर्ने बाध्यता भएको थियो । अप्रेशनको समयमा नेपाल रेडक्रस सोसाईटीमा रक्त अभाव भएपछि डा. महतोसहित उनका टिमले नै आफ्नै रक्त दिएर उनको अप्रेशन समेत गरेको थियो ।

तुरुन्तै रगत दिएर तुरुन्तै अप्रेशनमा लागेका डा. राजदेव महतोले पाठेघर निकालेर उनको ज्यान जोगाउन सफल भए । हसिनाको तीन बालबच्चा छन् । पेटमा चौथो बच्चा थियो । विहिबार भर्ना भएकी खातुनलाई गत शनिबार अप्रेशन गरिएको थियो । मुख्य सर्जन डा. राजदेव महतोको नेतृत्वमा डा. चन्द्र रेखा ईसार, डा. पिँकी साहले अपरेट गरेको थियो ।

सो टीममा डा. जीतेन्द्र कुमार साह, डा. स्वेच्छा कार्की, डा. नितु झा, डा. विमलेन्द्र चौधरीले सहयोग गरेको थियो । एनेस्थेसियाको लागि डा. अमित कर्णले सहयोग गरेका थिए । सह- निर्देशक के.डी. दासले जेसी नेपाल मिडियालाई जानकारी गराएका थिए ।

प्रकाशित : श्रावण ३२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA