भारतको राजधानी दिल्लीमा बम आक्रमणको चेतावनी पछि सुरक्षा व्यवस्था कडा JCNEPAL_MEDIA

भाद्र ५,२०८१ / जेसी नेपाल संवाददाता

भारतको राजधानी नयाँ दिल्लीमा रहेका विभिन्न सपिङ मलमा बम आक्रमणको चेतावनीपछि सुरक्षा व्यवस्था कडा बनएकाे छ ।

दिल्ली प्रहरीका अनुसार चाणक्य मल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।

सूचना प्राप्त हुने बित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी गराएपछि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विभिन्न मलहरुमा बम डिस्पोजल टोली र दमकल पुगेको छ । तर अहिलेसम्म बम फेला नपरेको दिल्ली प्रहरीले जनाएको छ ।

धम्की पत्र, प्रहरीमा आएको जानकारीलगायतलाई आधार बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ । यसअघि गुरुग्रामको एम्बियन्स मलमा गएको अगस्ट १७ तारिखमा पनि बम आक्रमणको धम्की आएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोष्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा दोषी पत्ता लगाएर कानुनी कारबाही गरिने जनाएको छ ।

प्रकाशित : भाद्र ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी