हिन्दु धर्ममाथि विवादित टिप्पणी गरेपछि प्रिति पासवान र निरुताको टीमलाई वाइकट गर्ने अबस्थामा : कृष्ण जन्माष्टमीमा दिएन सट्टा JCNEPAL_MEDIA

भाद्र १०,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : विदेशमा नाच गर्न गएको बेला हिन्दु धर्ममाथि विवादित बयान दिएकी नृत्याँगना प्रिति पासवान र निरुता साहको टीमलाई वाइकट गर्ने अवस्थामा पुर्याएका छन, जन्माष्टमीमा कसैले दिएन सट्टा ,काम पाउन गाह्रो भएको छ ।

कृष्णा जन्माष्टमीसहित हिन्दुहरुको पर्वमा उनीहरुलाई नाचको लागि बोलाउने गरेकोमा हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई काम दिन छोडिएको हो । यसपाली मधेशको विभिन्न जिल्लामा आयोजन गरिएको कृष्ण जन्माष्टमीको अवसरमा उनीहरुलाई आयोजकले काम दिएका छैनन् । विदेश पुगेर हिन्दु सम्राट सेनामाथिको टिप्पणी, हिन्दु धर्मप्रतिको विवादित टिप्पणी गरेपछि उनलाई मधेशको जिल्लाहरुमा सट्टा दिएको छैनन् । उनीहरु यस सिजनमा कामविहिन भएको देखिएको छ ।

हिन्दु सम्राट सेनाले विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन समेत बुझाएका छन् । साँस्कृतिक कार्यक्रमको नाममा भद्दा गीत, अश्लिल प्रकारको हाउभाउको नाच गर्दै आएका उनीहरुले हिन्दु धर्ममाथिको टिप्पणीलाई भोगिरहेकी छन् । केही दिन अगाडी हिन्दु सम्राट सेना निरुता साहको घरमै पुगेर धर्ममाथि यस्ता टिप्पणी गरेको भन्दै जनकारवाही गर्ने चेतावनी दिएपछि उनी डरले केही दिन घर बाहिरै गोप्य वास बसिन् ।

यता, नृत्याँगना प्रिति पासवानले समेत समय समयमा पुनः हिन्दु सम्राट सेनामाथि टिकाटिप्पणी गरेपछि झन विवादमा तानिदै जाँदा उनलाई काम दिन छोडिएको हो । यसपाली उनले अपेक्षाकृत रुपमा सट्टा गर्न पाइनन् । मधेशको कुनै जिल्लामा सट्टा गरेको भए सो ठाउँमा पुगेर कार्यक्रम बन्द गराउने हिन्दु सम्राट सेनाले चेतावनी समेत दिएको हो ।

सो को जिम्मेवारी आयोजकलाई नै हुने र आयोजकलाई समेत जनकारवाहीको चेतावनी दिएको हो ।

प्रकाशित : भाद्र १०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डीआईजीका नाममा उठाइन्छ तस्करी गराउने दस्तुर, घुमुवा प्रहरी विवादले खुल्यो पोल : JCNEPALMEDIA

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी