प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीको अमेरिका भ्रमणले दुग्ध संस्थानलाई ६० करोड ऋण स्वीकृत JCNEPAL_MEDIA

भाद्र २०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मन्त्रिपरिषद्ले बैठकले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने प्रधानमन्त्री ओली नेतृत्व टोलीको भ्रमण स्वीकृत गरेको हो। भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सकलगायत रहेने बताइएको छ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज)सम्म न्यूयोर्कमा हुनेछ। यस्तै बैठकले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ। दुग्ध किसानको बक्यौता रकम तिर्न सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरिएको बताइएको छ। भदौ १७ गते अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि सहमति दिएसँगै मन्त्रिपरिषद् बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण स्वीकृत गरेको हो।

डीडीसीले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ। बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेको छ। सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरिएको हो। मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेकोमा कार्यकारी निर्देशक नियुक्त भएका हुन्।

आजै बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशका कायममुकायम (कामु) सचिव गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ।

प्रकाशित : भाद्र २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA