एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च द्वारा अस्वीकार JCNEPAL_MEDIA

भाद्र २०,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।उमेरहदका कारण अवकाश नगर्न माग गर्दै एआईजी ज्ञवाली, डीआईजीहरु केदार ढकाल, राजेशनाथ बास्तोला र यज्ञविनोद पोखरेलसहित ५ जनाले रिट दायर गरेका थिए ।

पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी किताबखानाले उनीहरूलाई अवकाशको पत्रसमेत पठाइसकेको छ ।सर्वोच्च अदालतले सो मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।

प्रहरी अधिकृतहरूले दर्जागत उमेरका कारण अवकाश रोक्न अन्तरिम आदेश माग गरेका थिए । एआईजी ज्ञवालीसहित पाँच प्रहरी अधिकृतहरूले भदौ १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय किताबखानालाई विपक्षी बनाउँदै रिट दर्ता गरेका थिए।उक्त रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले भदौ १३ गते कारण देखाऊ आदेशसहित लिखित जवाफ मगाएको थियो।

प्रकाशित : भाद्र २०,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA