धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

भाद्र २७ २०८१/ जेसी नेपाल संवाददाता

जिल्ला प्रहरी कार्यालय ,धनुषाको सभाहलमा धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीबाट जिल्लाका टेन्ट तथा डिजे व्यवसायी संघका अध्यक्ष लगायतका पदाधिकारीहरू सँग अन्तरक्रिया तथा छलफल गरी निम्नानुसारको निर्णय गरियो ।

निम्न निर्णयहरूः-

१.हामी सम्पुर्ण डीजे व्यवसायीहरुले यस अघि नै जिल्ला प्रशासन कार्यालय धनुषाबाट निर्णय भए बमोजिम कुनै पनि अवसरमा राति २१:०० बजे देखि बिहान ०५:०० बजे सम्म डीजे लगायत ठुलो अवाजमा ध्वनी निस्कने लाउड स्पिकर (हर्न) हरू बजाउन पुर्ण रूपमा बन्द गर्ने ।

२.बिहान ०५:०० बजे देखि राति २१:०० बजे सम्म डीजे, ठुलो अवाजमा ध्वनी निस्कने लाउड स्पिकर(हर्न) हरू बजाउँदा छरछिमेकीलाई डिस्टर्व नहुने गरि सानो साउण्डमा बजाउने र छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्ने ।

३.कुनै पनि अवसरमा डीजे, ठुलो अवाजमा ध्वनी निस्कने लाउड स्पिकर (हर्न) बजाउँदा अश्लिल गीत, द्विअर्थ लाग्ने गीतहरु नबजाउने, साथै कहि-कतै कुनै पनि बहानामा आर्केष्ट्रा, नाचहरु समेत नगर्ने ।

४.प्रहरीमा छरछिमेकीबाट गुनासो प्राप्त भए पश्चात प्रहरीले बन्द गराउन जाँदा सवैले पुर्ण रुपमा सहयोग गर्ने ।

५.अन्य जिल्ला तथा बाहिरबाट आउने डीजे व्यवसायीहरुले समेत माथि उल्लेखित निर्णयहरूको पुर्ण रुपमा पालना गर्ने ।

६.शान्ति र सदभावका लागि साउण्ड प्रदुषण, विभिन्न किसिमका रंगिन लाईटहरू नबाल्ने ।

७.माथि उल्लेखित निर्णयहरूको बरखिलाप गरेको पाईएमा तत्काल प्रहरीले नियन्त्रणमा लिई कानुन बमोजिम सजायको भागिदार हुने छौ भनि सर्वसहमतिले निर्णय गरियो ।

प्रकाशित : भाद्र २७ २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA