सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

भाद्र २९,२०८१ / जेसी नेपाल संवाददाता सप्तरी : जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद डा. सीके राउत (चन्द्रकान्त राउत) ले श्रीमती सोनीकुमारी सिंह (सोनी सिन्धु रानी) सँग सम्बन्ध विच्छेद गर्न चाहेको विषयमा ट्वीस्ट आएको छ।

उनले १२ भदौमा ललितपुर जिल्ला अदालतमा श्रीमतीसँग सम्वन्ध विच्छेद र अंश सम्बन्धी मुद्दा दायर गरेका छन्। राउतले दायर गरेको मुद्दामा सम्वन्ध विच्छेदको प्रमुख कारण श्रीमती बढी समय माइतीमा बस्ने गरेको र उतै बस्न चाहेको उल्लेख छ। तर, सोनी र उनको माईती पक्षले भने राउतले विगत १० वर्षदेखि घरेलु सिंसा गरेको र परिवारलाई समय नदिएको आरोप लगाएका छन्।

मुख्य कुरा सीके राउतको चरित्रमा प्रश्न उठेको छ। सोनीले सीकेलाई पटक–पटक परस्त्रिसँग रङ्गेहात फेला पारेको जनाईएको छ। गएको स्थानीय तह निर्वाचनअघि र उपराष्ट्रपति निर्वाचपछि यस्तै अवस्थामा फेला परेपछि उनीहरुको झडप समेत भएको थियो। झडपका क्रममा सीके, सोनी र सँगै फेला परेकी युवतीलाई टाउकोमा चोटपटक समेत लागेको स्रोतको दावी छ। यही प्रकरणमा सोनीले एक पटक विष सेवनसमेत गरेको स्रोतले जनाएको छ। हामीले सोनीको परिवारसँगै यस विषयमा फोन सम्पर्क गरी कुरा गरेका थियौं। उनीहरुले यो विषय पहिला अदालतमा राख्ने वताएका छन्। २ दिनपछि उनीहरु सीके राउतले मुद्दा दायर गरेको ललितपुर जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन्।

राउतको ससुराली भारतको बिहार राज्य अन्तर्गत पूर्णिया जिल्ला सिमरिया ग्राम पंचायत वडा नं. ३ हो। सोनी उमेश सिंहकी छोरी हुन। सामान्य लेखपढ गरेकी सोनी लामो समय पतिसँगै देश–विदेश घुमेकी थिइन्। राउत दम्पत्तीका एक छोरा र दुई छोरी छन्। जेठो छोरा करिव १३ वर्ष र काञ्छी छोरी करिब ८ वर्षकी छिन्। छोराको जन्म अमेरिकामै भएको हो। तर, राउतले श्रीमती र छोराछोरीलाई कतै सार्वजनिक स्थलमा लिएर हिडेको देखिँदैन।

उनकी श्रीमती कस्ति छिन् र छोराछोरी कस्ता र कत्रा छन् भन्ने अधिकांश नेपालीलाई जानकारी छैन। ‘शीर्ष खबर’ले सीके र सोनीको एउटा फोटो फेला पारेको छ। महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्दै आएका राउतको स्थायी ठेगाना सप्तरीको महादेवा गाउँपालिका–२ हो। तर, उनले अदालतमा मुद्दा दायर गर्दा ठेगाना महालक्ष्मी नगरपालिका–४ भनेर उल्लेख गरेका छन्। श्रीमती सोनीसँग वैवाहिक अंगीकृत नागरिकता छ।

प्रकाशित : भाद्र २९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA