जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

अशोज ४,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ परेका छन ।

चिया पसलको आडमा यौनधन्दा सँचालन गरेको खवर पाएपछि धनुषा प्रहरीले छापामारी गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोक र दुर्गाचोकस्थित सँचालनमा रहेको एक चिया पसलको पछाडी यौनधन्दा सँचालन गर्दै आएका थिए । विहिबार वडा नं. ७ का वडाध्यक्ष नीरज साहको अगुवाईमा गएको प्रहरी टोलीले छापामारी गरेपछि पाँच किशोरी पक्राउ परेकी छन् । त्यहाँस्थित रहेको बियरयानी घरको छेउमा यस्तो धन्दा हुँदै आएको थियो ।

पक्राउ परेकाहरु मध्ये ४ जना रौतहट चन्द्रनिगाहपरकी रहेकी छन् भने् एक जना भारत बिहारको रहेकी छन् । ग्राहक भएर गएका एक युवक भने दुई तल्लाबाट हामफालेका छन् । उनको खुट्टामा गम्भिर चोट लागेपछि उनको उपचार प्रादेशिक अस्पतालमा भईरहेको छ । वडाध्यक्ष साहका अनुसार, पक्राउ परेकी किशोरीहरु एकदम कलिला उमेरकी रहेकी छन् । १५ बर्षसम्मकी किशोरीहरुलाई यौनधन्दामा लगाएको खवर पाएपछि आफूले एक्सन लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको प्रहरीचौकी जिरोमाईलबाट खटेको टोलीले अगाडी चिया पसल पछाडी ३ वटा केबिन बनाएर राखिएको पाईएको थियो । स्थानीयहरुको गुनासोपछि सो चिया पसलमा छापामारी गरिएको थियो । छापामारीको क्रममा विभिन्न शंकास्पद वस्तुहरु भेटिएपछि माथिल्लो तल्लासम्म चेकजाँच गर्ने क्रममा चौथो तल्लाबाट किशोरीहरु पक्राउ परेको जनाईएको छ । पाँचै जनालाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाईएको छ ।

यता, चिया पसले फरार रहेको प्रहरीले जनाएको छ । सो चियापसलमा वडाध्यक्षको रोहबरमा तालाबन्दी गरिएको छ ।

प्रकाशित : अशाेज ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

QR Code अधारित विद्यार्थी , शिक्षक उपस्थिती प्रणाली लागू गर्न वालेन समक्ष बुझाए प्रस्ताव : अध्यक्ष सुन्देशवर यादव

टेम्पोमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफलमा,सीमानाकाको सवारी कर हटाउनुपर्ने माँग : मधेस मुख्यमन्त्री यादव

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA