कांग्रेसका प्रकाशमान सिंहले पाए कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी JCNEPAL_MEDIA

अशोज ४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : केपी शर्मा ओली अमेरिका प्रस्थान गरेसँगै नेपाली कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंहले कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका हुन् । उनी अमेरिका प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किंदासम्म सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका छन् । ओली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : अशाेज ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA