उठाउने बेलाको धानबाली हुरीले सखाप पर्दा चिन्तामा किसानJCNEPAL_MEDIA

अशोज ४,२०८१ / जेसी नेपाल संवाददाता

वेदकोट : भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन्। तर दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन्। पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छन्।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो। ‘वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो। त्यसमै पानीले गह्रा भरिभराउ छ,’ उनले भनिन् । धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ । हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ। उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन्। आम्दानीको स्रोत कृषि नै हो।

धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ,’ उनले भनिन्, ‘अब के खाने ? के बेच्ने? भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ। त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ गर्छिन्। गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ। हुरीले ढलेर खेतमै पानीले धान कुहिसक्यो। न आफ्नो खेतको धान बच्यो, न अधियाँ गरेको खेतकै,' उनले भनिन्, 'किनेर खान पनि पैसा छैन।

बर्सेनि वर्षा र हुरीबतासले बालीमा क्षति गर्ने गरेको भए पनि सरकारबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ। अविरल वर्षापछि आएको बाढी र हुरीबतासले कञ्चनपुरमा धानमा क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार दोधारा चाँदनी, भीमदत्त, पुनर्वास, बेलौरीलगायत क्षेत्रका बालीमा बढी क्षति पुगेको छ।

स्थानीय तहले क्षतिको यकिन विवतरण सङ्कलन गरिरहेको छन्। जिल्लाका विभिन्न ठाउँमा गरेर झण्डै १० प्रतिशत धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको अनुमान छ। 'डुबान, कटान र पटानले बाली क्षति पुगेको छ। यकिन विवरण प्राप्त भएको छैन,' उनले भने, 'निरीक्षणका क्रममा दोधारा चाँदनीलगायत क्षेत्रमा पटानले खेतको धान पूरै बगर बनाएको पाइएको छ।

प्रकाशित : अशाेज ४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA